५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जुम्लामा अवतरणका क्रममा तारा एयरको विमानको टायर पड्कियो, सबै यात्रु सकुशल

२६ जेठ, जुम्ला । तारा एयरको विमान शनिवार सामान्य दुर्घटनामा परेको छ । जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयरको विमान दुर्घटनामा परेकाे हो । ९ एन ए ई भी कलसाइन रहेको विमानको टायर पड्किएपनि यात्रु र चालकदलका सदस्य सकुशल रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिएका छन ।

दिउँसो २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा अगाडिको टायर पड्केपछि विमान धावनमार्गबाट बाहिर गएको थियो । विमान शनिबार दिउँसो २ बजेर ६ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट जुम्लाका लागि उडेको थियो । विमानमा १८ जना यात्रु र चालकदलका ३ जना सदस्यसहित जुम्लाका लागि उडेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १६:३७