५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चितवनमा चेपाङ विद्यार्थीलाई पोशाक वितरण

२५ जेठ, चितवन । युथ क्लब नारायणगढले सिद्धिको दौतेस आधारभुत विद्यालयका ३८ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
कालिका नगरपालिका वडा नं. ११ स्थित विकटको दौतेस विद्यालयमा एक कार्यक्रमका बिच चेपाङ बालबालिकालाई पोशाक वितरण गरिएको हो । क्लवका अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतमा भएको कार्यक्रममा गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर प्रजाले चेपाङ समुदायमा अझै पनि आफ्ना सन्तानलाई पढाउन पठाउनु पर्छ भन्ने मानसिकता नदेखिएको बताए ।


अरुले कर गरेर पठाउनु पर्ने वाध्यता भएकाले यस्तो सस्कार हटाउनु पर्ने बताए । कुनै संघ सस्थाले आएर सहयोग गर्नु पर्ने, आफैले पढ्न जानु पर्छ भन्ने मानसिकता नराख्ने, बिचैमा विद्यालय छाड्ने सस्कारले गर्दा समुदाय माथि उठ्न नसकेको बताए । अब हामी आफै जानकारी हुनु जरुरी छ उनले भने घरमा काम लगाएर विद्यालय जान नदिने वानी कुनै अभिभावकले गर्न हुदैन । बालबालिकाको आधिकारलाई हनन् गरे कानुन लाग्ने भन्दै नगरपालिका भइसकेपछि आधारभुत सेवाबाट पनि बन्चित हुनु पर्ने अवस्था आउने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विद्यालयको कक्षा कोठाको अभावमा बालबालिका पढाउन समस्या भएको बताइन । हामीले धेरै कठिनका साथ पढाउन वाध्य भएका छौ उनले भनिन् कोठाको अभाव संगै विद्यालयको नाममा जग्गा नभएको कारण दाताहरुले सहयोग गर्न मानेका छैनन् । निर्वाचित जनप्रतिनिधिहरुले पनि सहयोग नगरेको बताइन । कार्यक्रममा विद्यार्थी अभिभावक संघका अध्यक्ष जितबहदुर प्रजा, युथ क्लव नारायणगढका उपाध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव शालिग्राम नेपाल, शिक्षिका सावित्री बुढाथोकी, क्लवका निर्देशक दयाराम कडेललगायतले मन्तव्य राखेका थिए । क्लवले यस अगाडि पनि दौतेस विद्यालयमा जस्तापाता, शैक्षिक सामग्री वितरण गरिसकेको क्लवका महासचिव नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार २१:२९