भ्रष्टाचारीको पक्षपाेषण हुने संसदको नियमावलीमा कांग्रेसले लतारेपछि अोलीले ट्वीटरमा यसाे भने
२५ जेठ, काठमाडाैँ । फाैजदारी अभियोग लागेका सांसदलार्इ स्वतः निलम्बन नगर्ने पक्षमै प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको दुर्इ तिहाइ मत संसदमा कांग्रेसको अडानमा लतारिन पुगेपछि प्रधानमन्त्रीले ट्वीट मार्फत मन्त्रीहरूलार्इ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन अपिल गरेका छन ।

अाफू पनि नगर्ने र अरूलार्इ भ्रष्टाचार गर्न नदिने अडान सर्वजनिक रूपमा व्यक्त गर्दै अएका प्रधानमन्त्री अोलीलार्इ गिज्याउने गरी संसदबाट नियमावली पारित भएको कही बेरमा अोलीले ट्वीट मार्फत भ्रष्टाचारप्रति शुन्य सहनशीलतामा कुनै मोलाहिजा नगर्न अपिल गरेका हुन ।
उनले भनेका छन ‘हामी भाग्यमानी नागरिक हौं जागीर छ, नियमित आम्दानी छ।साठी लाख जनता निरपेक्ष गरिवीको रेखामुनि हुँदा पनि हामीले सवथोक पाएका छौं।मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु!लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शुन्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं ।’
हामी भाग्यमानी नागरिक हौं जागीर छ, नियमित आम्दानी छ।साठी लाख जनता निरपेक्ष गरिवीको रेखामुनि हुँदा पनि हामीले सवथोक पाएका छौं।मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु!लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शुन्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं ।
— K P Sharma Oli (@kpsharmaoli) June 8, 2018
प्रकाशित मिति : 18:13









