१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

घट्याे सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

२७ असोज, काठमाडाैँ ।  मंगलबार सुनचाँदीको मुल्य ओरालो लागेको छ । मंगलबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मुल्य पनि आज घटेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १२:४०