१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै , धितोपत्र बोर्डमा दियो आवेदन

२२ असाेज, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । गत साता आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हाे । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १४:४९