५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ओखलढुङगाको मानेभञ्याङमा जीप दुर्घटना, दुईको मृत्यू, दुई गम्भीर घाइते

२४  जेठ, अोखदढुंगा । काठमाडाैँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना–१ ज ४९५० नम्बरको बोलेरो जिप ओखलढुङगाको मानेभञ्याङ गाउँपालिका वडा नम्बर –६ हिलेपानीमा दुर्घटना हुँदा दुर्इजनाको घटनास्थलमै मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार अन्त्य दुर्इ जना गम्भीर घाइते भएका छन ।

उनीहरू दुबैको अवस्था गम्भीर रहेको छ । जीप  ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा मृत्यू हुनेमा ओखलढुङगाको सुनकोशी गाउँपालिका–५ मुलखर्क बस्ने अन्दाजी ४० वर्षका सिंगे तामाङ र सोहि ठाँउकी ३५ वर्षिया कैलीमाया तामाङ रहेका छन ।  चालक लालबहादुर तामाङ र सुनकोशी गाउँपालिका–५ मुलखर्कका २२ वर्षिय लोकेन्द्र तामाङ गम्भिर घाईते रहेका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १४:३३