२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बझाङमा जीप दुघटना हुँदा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

२४ जेठ, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा से१ज ८३७ को जीप बुधबार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरी घाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिम्खेत ल्याइँदैछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०५:४६