१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

मन्त्रिपरिषद् विस्तार आज, अाकांक्षी धेरै भएपछि मन्त्री छान्न एमाले–माओवादीलाई सकस


१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन । प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि आज ओलीले दोस्रो चरणको सरकार विस्तारको तयारी गरेका हुन । ओली आफू प्रधानमन्त्री भएकै दिन एमालेबाट लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि दुवै पार्टीले संयुक्त बैठक बोलाएका छन् । मन्त्रीहरुको टुंगो लगाएपछि आजै दिउँसो ३ बजे शपथ गराइने एमालेका एक नेताले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ०८:२२