२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे

२३ जेठ, काठमाडाैँ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको काँग्रेस मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १७:०९