२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आगामी वर्ष १ हजार मेगावाट विद्युत उत्पादनः मुख्यमन्त्री राई

२२ जेठ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु गर्ने बताएका छन् ।

संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्युत् आयोजना सञ्चालनका लागि आगामी निति तथा कार्यक्रममा समावेश गर्ने राईले जानकारी दिए ।


मुख्यमन्त्री राईले सरकारको दोस्रो प्राथमिकता भनेको पर्यटन हो भन्दै यसबाट स्थानीय जनतालाई रोजगारी उपलब्ध हुनाका साथै तत्कालै नगद उपलब्ध हुने भएकाले यसले प्रदेश र मुलुकको विकास तथा समृद्धिमा बल पुग्ने धारणा व्यक्त गरे ।

उनले विराटनगर विमानस्थलका साथै क्षेत्रीय विमानस्थल विस्तार गर्ने कार्यमा प्रदेश सरकार दृढ रहेको बताउँदै यस क्षेत्रबाट छिमेकी मुलुक भारत, बंगलादेशका विभिन्न शहरमा उडान गरिने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १७:४५