५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अबैध रुपमा बालुवा झिक्ने डाेजर र ट्रिपर चालक पक्राउ, सार्वजनिक अपराधको मुद्दा लगाइयो

२२ जेठ, मकवानपुर । मकवानपुर प्रहरीले खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा एउटा टिपर ३ वटा जेसिबी र चालकहरु लाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोलामा अबैध ढुङगा, गीटी,बालुवा उत्खनन् गरिरहेको अवस्थामा फ्रेन्डशिप कन्स्ट्रक्सन चितवनको ना ७ ख ७९७६ नम्बरको टिपर ना १ क ६८१९,ना १ क ६८०१, एक on test जेसिबि र चालकहरुलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी लाेकेन्द्र श्रेष्ठले बताए।

 टिपर र जेजिबी सहित पक्राउ पर्ने चालकहरुमा सल्यान त्रिवेणी गाउपालिका ३ बस्ने २६ बर्षिया प्रदिप श्रेष्ठ, बर्दिया मधुवन नगरपालिका २ बस्ने २० वर्षीया रुपलाल चौधरी, बर्दिया घर भएका २८ बर्षीया मैते चौधरी र मकवानपुर मनहरी गाउपालिका ६ बस्ने २७ बर्ष का शन्त बहादुर तामाङ्लाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जेसिबी र टिपर आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाईएको र चालकहरुलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको एसपी लाेकेन्द्र श्रेष्ठले बताए ।क्न

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १६:५५