विश्वविद्यालयमा अनलाइन कक्षाको प्रभावकारिता !
-माधव जोशी
कोरोना भाइरसको महामारीले अहिले विश्व आतक्ङति तथा आक्रान्त छ। सन २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो संक्रमित भेटिएउनको थियोे र विश्व स्वास्थ्य संगठनले लगत्तै स्वस्थ्य संङ्कटकाल तथा कोरोना भाइरसलाई महामारीको रूपमा पनि घोषणा गर्यो । यस महामारीबाट जोगिन नेपालले आफ्नो एक मात्र अस्व्रको रूपमा चैत ११ गते देखि निरन्तर रूपमा लकडाउनको नीति अपनाइरहेको छ।
यस सङ्कटको घडीमा सबै क्षेत्र प्रभावित रहेको परिपेक्ष्यमा शिक्षा क्षेत्र पनि अछुतो रहन सकेको छैन। यसैबीच कोरोना सङक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्ने विश्वविद्यालय जाने विद्यार्थीहरूलाई वातावरण सिर्जना भएन नियमित पठनपाठन नभए सम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीको माध्यम बाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइ सहजिकरण गर्न शिक्षा मन्त्रालयले निर्देश जारी गर्यो।
विश्वविद्यालयले विद्यार्थीको शैक्षिक क्यालेन्डर बिग्रिन सक्ने भन्दै विद्यार्थी विद्यालय आउने होइन विद्यालय विद्याथीको घरमा जानू पर्छ भन्दै अनलाइन माध्यमबाट सैद्धान्तिक कक्षा सञ्चालन गर्ने र व्यावहारिक कक्षाका लागि विश्वविद्यालय खुलेलगतै गराउने गरि सुरू गर्यो तर यो सेमेस्टरको लागि मात्रै गर्यो वार्षिक प्रणालीमा पढ्ने विद्यार्थीको लागि भने केही विकल्प निकाल्न सकेन वार्षिक प्रणालीमा पढ्ने विद्यार्थीहरूले भने सात महिना देखि नत अध्ययन छ नत अध्यापन छ यसले गर्दा विद्यार्थी हरूको भविष्य र आफ्नो एक वर्ष खेर जाने हो भन्दै चिन्तित भएर बस्नु परेको छ।सेमेस्टर पढने विद्यार्थी अपग्रेट हुने हो भने वार्षिक प्रणालीमा पढने विद्यार्थी चाहिँ के हुने भन्ने सणबहस चलिरहेको छ।
त्यसैले होला काठमाडौं विश्वविद्यालयले पनि अपग्रेट गरेको मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयले पनि परिक्षा लग्दै छ विश्वका अधिकांश विश्वविद्यालय पनि परिक्षा लगिसकेको छ तर त्रिभुवन विश्वविद्यालय भने सेमेस्टरलाई पढाएर बस्नु परेको छ। अनलाईन कक्षाले आज सरकारि र निजि संस्था तथा सेमेस्टर र वार्षिक प्रणाली बिचको खाडल अझ फराकिलो भएको छ भने बर्गिय बिभेद छर्लङ्ग भएको छ। साथै सामाजिक तथा आर्थिक विभेद देखा परेका छन भौगोलिक रूपमा पनि विभेद देखापरेका छन भन्ने प्रश्न खडा भएको छ।
पुर्वाधार विना अनलाइन कक्षा सञ्चालन गरिदा यसको प्रभावकारीतामा प्रश्न चिन्ह खडा भएको छ। न बिजुलीको लाईन न वाईफाईको स्विच अन, तैपनि अनलाईन कक्षाको नाममा फेसबुकका भित्ता रंग्याउने हरुले गर्दा बिद्यार्थी आन्दोलन र विद्यार्थी संगठन को काम के हो भन्ने प्रश्न उठेको छ । अनलाइन कक्षा लाई नै वाध्यकारी र देखासिकी तबरमा वैकल्पिक प्रणाली बाट विद्याल र विश्व विद्यालको सिकाइ सहजीकरणका रूपमा प्रयोगमा ल्याउदा यसबाट शिक्षक विद्यार्थी र अभिभावकमा समस्या पैदा भएको छ। यद्यपि विश्वका अधिकाश देश त्यस दिशातिर हिड्न थालिसकेका छन।
तर अनलाइन कक्षालाई पहिलो तथा अन्तिम विकल्पको रूपमा प्रयोगमा ल्याउनु कतिको उचित छ। विकसित मुलुकहरूमा यो प्रविधि पहिले देखि नै अवलम्बन गरिसकेकाले ती देशहरूमा अनलाईन शिक्षा लाई सामान्यतया सकारात्मक लिने गरेको नै देखिन्छ । अझै डिस्टेन्स एजुकेसन लाई सजिलै स्वीकार गरेका छन तर हाम्रो देशमा पुरानै तरिकाले गरिने लेक्चर विधि नै अभ्यासमा छ जसले गर्दा अनलाइन पुर्ण रूपले झन्झटिलो लागेको देखिन्छ ।
पुरानो पुस्ताका अग्रज शिक्षक प्राध्यापक हरू जसले चक डस्टरले पढाउन सुरू गर्न थाल्नु भएको थियो आज भिडियो कन्फ्रेन्स गर्न सम्म सिक्न पाउनु भयो। विश्वविद्यालय कलेजहरूमा शिक्षण सिकाइको एउटा नयाँ प्रविधि पाउनुका साथै प्रयोग गर्ने अवसर पाएका छन। भोलिका दिनमा विश्वविद्यालयमा आएर पढन नसक्ने विद्यार्थीका लागि घरमै बसेर पढन सकिन्छ भन्ने आशाको जन्म भएको छ।
स्थानीयस्तरमा बसेका अध्ययन अध्यापन गराइरहेका शिक्षकले आफ्नो क्षमतालाई विश्वस्तरमा चिनाउने एउटा सुभर्ण अवसरको निर्माण पनि भएको छ। तर यसले गर्दा समाजमा ठुलो विभेद पनि पैदा भएको छ। पढाउदा प्रभावकारी हुन नसकेको महसुस गरेको गुनासो सुनिन्छ त्यहीँ भएर यसको विरोध गर्ने जमातले यसलाई व्यर्थ समय बर्बादको संज्ञा दिने विद्यार्थीहरूलाई नियन्त्रण गर्न गाह्रो हुने गणीत लेखाप्रणाली ,करप्रणाली अर्थशास्त्र जस्ता विषय पठाउन र पढन धेरै गार्हो हुने भन्ने गुनासो शिक्षकहरूको छ। कक्षाकोठामा जस्तै नियमित परीक्षा लिन नसकिन भएर कति वुझ्यो बुझेन थाहा नै नहुने भएर एकतर्फी पढाएको जस्तो महसुस हुने भएुको छ ।
प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार २०:०२