१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

जनरल इनस्योरेन्सलाई आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डकाे स्वीकृत

२५ भदाै, काठमाडाैँ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निश्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ । बुधबार बोर्डले कम्पनीलाई ३० लाख कित्ता आइपिओ निश्काशनको लागि स्वीकृती दिएको हो ।


कूल १ अर्ब जारी पुँजि रहेको कम्पनीको ७० करोड रुपैयाँ संस्थागत लगानीकर्ताको शेयर रहेको छ भने बाँकी ३० करोड रुपैयाँको आईपिओ जारी गर्न लागेको हो । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजि एक अर्ब पुग्नेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १५:३३