५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई संयुक्त विद्यार्थी संगठनको आग्रह

२१ जेठ, काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका छन । अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, र अखिल छैँटौले संयुक्त ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र मार्फत विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ताको माग गरेका हुन । सोमबारै आपूर्तिमन्त्री मात्रिका यादवले भारतमा तेल तस्करी भएकाले मूल्यवृद्धि भएको तर्क पेश गरेका थिए ।

विद्यार्थी संगठनले पुराना सम्झौता समेत कार्यान्वयन गर्न र निगममा रहेको भ्रष्टाचार अन्त्य गर्न समेत माग गरेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए । उनले माग पूरा नभए सरकारविरुद्ध संघर्षका कार्यक्रम तय गर्ने चेतावनी समेत दिए ।

हेर्नुहोस् ज्ञापनपत्र

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १८:४६