१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

दोहोरो अंकले बढ्याे सेयर बजार, २ अर्ब ५६ कराेड बढीकाे काराेवार

२४ भदाै, काठमाडाैँ । बुधबार दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकममा भने एकाएक उछाल आएको छ । नेप्से १३.०५ अंकले बढेको छ । कारोबार भने २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँको भएको छ ।

नेप्से ०.८७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ अंकले बढेर २९९.६६ मा पुगेको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

खरिदबिक्री भएकामध्ये बैंकिङ र विकास बैंक समूहबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २६१.८१ अंकले बढेको छ ।

राष्ट्रिय बिमा कम्पनी, रिलायन्स लाइफ इन्सुरेन्स र राष्ट्रिय बिमा कम्पनी संस्थापकको सेयर १० प्रतिशतका दरले बढेको छ । एनआरएन इन्फ्रास्टक्चरको भाउ सबैभन्दा धेरै ९.९२ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २२ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यसैगरी, नागरिक लगानी कोष र शिवम् सिमेन्ट्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार १५:३२