१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बुधबार नेप्सेमा ४ लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत

२४ भदाै, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागवेली लघुवित्तको ४ लाख ३५ हजार कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबारको लागि  सूचीकृत भएको छ।

लघुवित्तले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २६ प्रतिशत अर्थात ४ लाख ३५ हजार ९६६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। उक्त शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार १५:१३