२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सांसद कलुदेवी विश्वकर्मा जसले दलित भएकै कारण काठमाडौँमा कोठा पाइनन्

२१ जेठ, काठमाडौं । सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडौँमा कोठा नभएको बताएकी छिन । सोमबार संसदको विशेष समयमा बोल्दै उनले दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको गुनासो गरिन ।

उनले एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताइन् । उनले काठमाडौँमा अझै पनि छुवाछुतको समस्या रहेको बताइन । प्रधानमन्त्रीले केपी शर्मा ओलीले आजैमात्र छुवाछुतको अन्त्य हुने बताइरहँदा देशको राजधानीमै सांसद नै छुवाछुतको शिकार भएको सर्वजनिक हुनु सामाजिक लज्जाको विषय हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १५:५९