२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री ओलीले आज प्रदेश ३ को प्रदेशसभामा सम्बोधन गर्दै

२१ जेठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ३ को संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश तीनका सांसद केशव पाण्डेले जानकारी दिए ।

 

यसअघि पहिलो पटक प्रधानमन्त्री ओलीले प्रदेश ५ को प्रदेशसभामा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीले क्रमशः अन्य प्रदेशका सांसदलाई पनि सम्बोधन गर्ने तयारी गरेका छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १०:३६