१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एनआईसी एशिया क्यापिटलको १८ प्रतिशत लाभांश पारित

१८ भदाै, काठमाडाैँ । एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न भएकाे उक्त सभाले सञ्चालक समितिले पस्ताव गरे अनुरूप हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले अर्थात ३ करोड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १७:५२