१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सामान्य अंकले घट्याे सेयर बजार, २ अर्ब माथिको कारोबार

१८ भदाै, काठमाडाैँ । बिहीबार शेयर बजार सामान्य अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार नेप्से परिसूचक ०.१५ अंकले घटेर एक हजार ५१०.४२ मा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३०४.७३ मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीकाे ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँको कारोबार भएकाे छ । त्यसैगरी, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १५:२५