१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडा अध्यक्षमा चुनाव लड्न चुनौती दिने सांसदलाई अर्थमन्त्री खतिवडाले दिए धन्यवाद

२० जेठ, काठमाडौं । वडा अध्यक्षमा चुनाव लड्न चुनौती दिने सांसदलाई अर्थमन्त्री डा युवराज खतिवडाले धन्यवाद दिएका छन । आइतबार संसदमा बजेटको प्रारम्भिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आफूलाई प्रत्यक्ष चुनाव लड्न सुझाव दिनेलाई धन्यवाद दिएका हुन । उनले आफू आरोप प्रत्यारोप र विवाद गर्ने पक्षमा नरहेको बताए ।

उनले प्रत्यक्ष चुनाव लड्न सुझाव दिएकोमा सांसदहरुलाई धन्यवाद दिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको शीर्षक फेरेर स्थानीय जनप्रतिनिधि समेत रहेको संयन्त्र बनाउने व्यवस्था अर्थमन्त्रीले प्रस्ताव गरेपछि सांसदहरुले चर्को बिरोध गरेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार १८:५९