१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, संघीय संसदीय दलको विधान अनुमोदन हुने


१३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि काठमाडौँमा बस्ने भएको छ । पार्टीको नेतृत्व नै परिवर्तनको आवाज उठिरहेको समयमा हुन लागेको कांग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ ।

यसअघि हिजो बसेको संसदीय दलको बैठकले संघीय दलको विधानलाई परिमार्जनसहित पारित गरेको थियो । कांग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेकोे विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

बिधानलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आईतवार ०८:०६