सामाजिक सञ्जालमा भाइरल सोल्टी होटल काण्डले मेरो चरित्रहत्या भयोः प्रकाशक सिरोहिया
११ भदौ, काठमाडौँ । कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियाले सामाजिक सञ्जालमा भाइरल सोल्टी होटल काण्डले आफ्नो चरित्र हत्या भएको बताएका छन । उनले गलत नियताले आफ्नो चरित्र हत्या गर्न भ्रम फैलाएको भन्दै बिहीबार प्रहरीकोमा उजुरी दिएको बताएका छन ।
सिरोहियाले ट्ववीटर मार्फत भनेका छन ‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिँजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ, यो मेरो चरित्र हत्या गर्न गलत नियतले फैलाइएको पुर्णत कपोकल्पित र भ्रामक कुरा हो । यस्तो दुश्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सवैको खोजविन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ ।’
प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार २१:५७