१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बुधबार पनि घट्याे सुनको मुल्य, तोलाको कति ?

१० भदाै, काठमाडाैँ । सुनको मुल्य बुधबार पनि घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मुल्य तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ थियो । चाँदीको मुल्य भने प्रतितोला १३ सय २० रुपैयाँ थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १२:१०