१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बुधबारदेखि एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर कारोबार खुल्ने, कति छ ओपनिङ रेञ्ज ?

९ भदाै, काठमाडाैँ । बुधबारदेखि एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको शेयर सूचीकृत भएसँगै बुधबारदेखि शेयर कारोबार खुल्ने भएको हो।

कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। शेयर सूचीकरण भएसँगै नेप्सले शेयर कारोबारको लागि एनआरएन कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ। यही रेञ्जमा रहेर बुधबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १४:५५