१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने

६ भदाै, काठमाडाैँ । एनआरएन लघुवित्त वित्तीय संस्थाले थप साधारण सेयर (एफपीओ) निष्कासन गर्न लागेको छ । एफपीओ निष्काशनका लागि लघुवित्तले भदौ २० गते विशेष साधारणसभा डाकेको छ । साधारणसभाले एफपीओ निष्काशनको प्रस्ताव पारित गरेपछि बाँकी प्रक्रिया अघि बढ्नेछ र नेपाल धितोपत्र बोर्डले मूल्य निर्धारण गर्नेछ ।

एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स लिमिटेड र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार आरम्भ गरेको थियो । एनआरएनले क्रिएटिभ लघुवित्त वित्तीय संस्था लिमिटेड र रामारोशन लघुवित्त वित्तीय संस्था लिमिटेडसहित हालसम्म ४ ओटा लघुवित्त संस्थालाई गाभिसकेको छ ।

चुक्ता पुँजी चुक्तापूँजी ५२ करोड रुपैयाँ रहेको लघुवित्तकाे १३० भन्दा बढि शाखा सञ्जाल रहेको छ । कम्पनीले चुक्ता पुँजी एक अर्ब पुर्याउने प्रयोजनका लागि एफपीओ निष्काशन गर्न लागेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १४:३४