१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

काठमाडाैँ उपत्यकाका अस्पतालले काेराेना संक्रमणका बिरामी भर्ना गर्न अनुमति लिनुपर्ने

६ भदौ , काठमाडौँ । कोरोना संक्रमितहरूलाई अस्पतालको आइसोलेसन बेड र आइसियुमा भर्ना गर्नुअघि स्वास्थ्य मन्त्रालयको क्लिनिकल म्यानेजमेन्ट टिम र अस्पतालसँग समन्वय गर्नुपर्ने भएकाे छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले काठमाडाैँ उपत्यकाका सबै अस्पताल र कालिकास्थानस्थित एम्बुलेन्स सर्भिसलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो।

‘मन्त्रालयका अधिकारीहरुको सिफारिस र समन्वयमा मात्रै भर्ना लिन काठमाडाैँ उपत्यकाका अस्पतालहरुले कोभिड-१९ को लागि छुट्टयाएको आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा मन्त्रालयको क्लिनिकल टिमसँग समन्वय गर्न निर्देशन गरिन्छ’, पत्रमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १५:३२