१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो, कति दिने आवेदन ?

४ भदाै, काठमाडाैँ । आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेकाे छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो।

इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ। लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १२:३५