१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

ज्योति लाईफ बन्यो गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

२ भदाै, काठमाडाैँ । ज्योति लाईफ इन्साेरेन्सले गुणस्तर चिन्ह पाएकाे छ । इन्सोरेन्सले सीआरएसबाट हालै कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण पश्चात आइएसओ ९००१ः२०१५ मान्यता प्रदान गरेको हाे ।

उक्त मापन कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । ज्योति लाईफले साउन २१ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त गरेको हाे ।

ज्योति लाईफले आफ्नो स्थापना काल देखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुध्रिढ गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १२:२०