१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

शिखर इन्स्योरेन्सको नाफा ५८ करोड

१ भदाै, काठमाडाैँ । शिखर इन्स्योरेन्सको नाफा ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को तुलनामा तीन करोड ८५ लाख अर्थात ६.९९ प्रतिशतले नाफा वृद्धि गरेकाे हाे । शिखर इन्स्योरेन्सले सो आर्थिक वर्षमा ५५ करोड एक लाख रुपैया नाफा आर्जन गरको थियो ।

शिखर इन्स्योरेन्सको बीमा शुल्क पनि तीन अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्ष दुई लाख ५९ हजार ५ सय ७४ वटा बीमा लेख जारी गरेको छ । जसमध्ये ६२ हजार दुई सय ४५ वटा बीमा लेख नविकरण भएका थिए । कम्पनीले १४ हजार चार सय ७ वटा दावी वापत एक अर्ब ६७ करोड १८ लाख ७२ हजार चार सय ५६ रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

चुक्ता पुँजी तीन अर्ब २० करोड रहेको शिखरको बीमा कोष पनि एक अर्ब ५ करोड रुपैयाँको भएको छ । जगेडा कोषमा ८३ करोड र तथा महा विपत्ति कोषमा ९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ४२.५८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २८८.०२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ११:२४