१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

३२ साउन, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य बढेकाे छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे । डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि भएकाे छ ।

नयाँ मूल्य समायोजनपछि डिजेल र मेटितेलको मुल्य प्रतिलिटर ९१ रूपैयाँ र पेट्रोलको मुल्य १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे जनाएकाे छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १८:५७