१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्राइम बैंककाे नाफा २ अर्व २९ करोड, नाफासँगै वितरण योग्य मुनाफा पनि बढ्यो

३इ साउन, काठमाडाैँ। प्राइम कमर्सियल बैंकले २ अर्व २९ करोड २८ लाख नाफा कमाएको छ । बैंककले शुक्रबार वित्तिय विवरण प्रकाशित गरेको छ । कोरोनाका कारण अधिकांस बैंककहरुको नाफा घटिरहेको समयमा प्राइम बैंकले भने अघिल्लो आर्थिक वर्षकाेभन्दा ९ करोड ४० लाख १० हजार बढी नाफा कमाउन सफल भएको छ ।

प्राइम बैंककले अघिल्लो आवमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंककले वितरण योग्य नाफा पनि केही बढाएको छ । अघिल्लो आवमा १ अर्व ६० करोड ७ लाखबाट १ करोड बढाएको हो ।

बैंकले ४ अर्ब ६१ करोड ब्याज आम्दानी गरी ३ अर्ब २७ करोड सञ्चालन मुनाफा गरेको छ । गत आवमा राष्ट्रिय स्तरको कैलाश विकास बैंक र कन्काई विकास बैंकलाई अक्वायर गरेको प्राइम बैंकको चुत्ता पुँजी १३ अर्ब ९८ करोड रहेको छ ।

प्राइम बैंकले १ खर्ब १९ अर्ब ४४ करोड निक्षेप संकलन गरी १ खर्ब १० अर्ब कर्जा प्रवाह गरेको छ । बैंककको जगेडा कोषमा ४ अर्ब ७९ करोड र सेयरधनी कोषमा १ अर्ब ७६ करोड रहेको छ । बैंकको खराव कर्जा अनुपिात १.५४ प्रतिसत रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १२:०४