१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दाेहाेराे अंकले घट्याे सेयर बजार, व्यापारिक बाहेक सबै समूहकाे सूचक घट्याे

२९ साउन, काठमाडाैँ । साताकाे अन्तिम दिन बिहिबार शेयर बजार दाेहाेराे अंकले घटेकाे छ । बुधबार १.५२ अंकले बजार बढेको बजार बिहिबार १६.५३ अंकले घटेको छ । १.१६ प्रतिशतले बजार घट्टा परिसूचक १४०८.७९ अंकमा झरेको छ ।


नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १९१ कम्पनीका ३४ लाख ९ हजार ४ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ४३ लाख ७ हजार ४ सय ५८ रुपियाँ बराबरको कारोबार भएको छ । व्यापारिक बाहेक खरिदबिक्री भएका सबै समूहका सूचक घटेका छन् ।

जीवन बिमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ । यता, वाणिज्य बैंक समूहमा पनि १६.३ अंकले ह्रास भएको छ । दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको भाउ १०% का दरले बढेको छ । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.६८% ले गुमाएका छन् । खरिदबिक्रीमा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १६:००