१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

समाज लघुवित्तको आइपिओ भदाै ४ गतेदेखि निष्कासन हुँदै, कति दिने आवेदन ?

२८ साउन, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) भदौ ४ गतेदेखि निश्कासन गर्ने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले प्रतिकित्ता १ सय अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासनन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १२:३९