२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

दङ्ग पर्ने गरी बजेट फेरि पनि आ’छ आमोइ (गजल)

–विनोद वावु

नभन अब माथिबाट गरीबले के पा’छ आमोइ
दङ्ग पर्ने गरी बजेट फेरि पनि आ’छ आमोइ

१३ खरब नि नाघेपछि पुल त पक्कै आउला उता
तिम्राँ फड्के बगे के भो राहत पक्का भा’छ आमोइ

छोरीलाई किताब, छोरालाई ऋण तिम्लाई भत्तैभत्ता
सबको मुखमा लालीपपले मनमा हर्ष छा’छ आमोइ

चुनाप जित्ने सप्पैलाई करोड करोडको पुरस्कार रैछ
बुझ्यौ बल्ल तिम्रो तिरो कसको भागमा गा’छ आमोइ

खाडी पुगे नाडी गए नि उतै जानेलाई सघाउने रे
तिम्रो आँशु पुछ्न आ’थें फेरि जाउँ झैं ला’छ आमोइ

प्रकाशित मिति : 16:46