१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दोहोरो अंकले बढ्याे सेयर बजार, १ अर्ब ५५ करोडकाे काराेबार

२६ साउन, काठमाडाैँ । सोमबार सेयर बजार बढेकाे छ । सोमबार नेप्से परिसूचक ३७.७४ अंकले बढेर १४३०.४१ विन्दुमा पुगेको छ । नेप्से २.७१% ले बढेको हो । कुल १८९ कम्पनीको १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर खरिदबिक्री भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २२३.१५ अंकले बढेको छ ।

यसैगरी, वाणिज्य बैंक समूहको सूचक ३२.९३ अंकले माथि लागेको छ । साधना लघुवित्त र अजोड इन्सुरेन्सको सेयर १०% ले बढेको छ । दिव्यश्वरी हाइड्रोपावरको सेयर भाउ सबैभन्दा धेरै ५.७०% ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ । यसको ६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा अजोड इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १६:१३