१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२ जना कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द

२६ साउन, काठमाडाैँ । कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय र एक शाखा कार्यालय २ दिनका लागि बन्द गरिएको छ । त्यहाँ कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कार्यालय बन्द गरिएको हो ।

काेराेना संक्रमित भेटिएकाे उक्त  कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो । मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जनाएकाे छ । बैंकले बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १३:४८