१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

घट्यो सुनकाे मुल्य, आज कतिमा भइरहेकाे छ काराेवार ?

२५ साउन, काठमाडाैँ । लगातार बढेको सुनको मुल्य आइतबार भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको मुल्य आइतबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको मुल्य अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

यस्तै आज सुनको मुल्य घटे पनि चाँदीको मुल्य भने बढेको छ । आज चाँदी  तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १२:५९