१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एनएलजी इन्स्योरेन्सकाे लाभांश घाेषणा

२५ साउन, काठमाडाैँ ।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरिएकाे छ । कम्पनीकाे साउन २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरिएकाे हाे ।


कम्पनीले हकप्रद शेयर तथा लिलामी शेयर पश्चात कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रूपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे जनाएकाे छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार ११:५०