१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

अर्थमन्त्रीसँग असन्तुष्ट शेयर बजार, बजेटकै दिन ९ अंकको गिरावट

१५ जेठ, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ ।

आज बीमा उपसमूहको शेयर भने उकालो लागेको छ । सो समूहको शेयर ५.६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०.६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ बिन्दुले घटेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार २०:०९