३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने र सुत्केरी हुने महिलालार्इ दुर्इ हजार भत्ता

१५ जेठ, काठमाडाैँ ।  मंगलबार सरकारले सार्बजनिक गरेको बजेटले स्वास्थ्य संस्थामा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेका लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर गरेको छ । यसअघि एक हजार दिँदै अाएकोमा अब दुर्इ हजार दिइने भएको छ । स्थानीय तहबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आवश्यक बजेटसमेत विनियोजन भएको छ ।

बजेटले अगामी दुई वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिने र पहिलो चरणमा एक हजार २०० वडामा स्वास्थ्य संस्था निर्माण गर्न रु चार अर्ब अनुदानको व्यवस्था गरिएको छ । साथै सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सक सेवा सुनिश्चितसमेत बजेटले गरेको छ । आयुर्वेदिक औषधिको अनुसन्धान तथा विकास तथा शिक्षा प्रदान गर्न विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न रु १० करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १९:३८