१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

यी हुन ओली सरकारले बनाउने ६ वटा सुरुङमार्ग

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ६ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको हो ।

सरकारले बिपी रामजमार्गको खुर्कोट–चियाबारी खण्डमा सुरुङ बनाउने भएको छ । यस्तै नागढुंगा–नौबिसे खण्डको सुरुङ निर्माण आगामी वर्षबाट सुरु हुने भएको छ ।

त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा, बिपीनगर–खुटिया–दिपायल खण्ड र गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना सार्वजनिक गरेको छ । मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने घोषणा गरेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १८:५२