१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मुल्य अहिलेसम्म कै उच्च, तोलाको १ लाख नाघ्यो

२१ साउन, काठमाडौँ । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।  आज सुनको मुल्य तोलामा १६ सयले बढेर  प्रति तोला १ लाख १ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो ।

मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला १ लाख ९०० मा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार ११:१८