१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नविल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त

२१ साउन, काठमाडाैँ । नबिल बैंक लिमिटेडका नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । उनले आजै कार्यभार सम्हाल्दैछन् । ज्ञवाली यसअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

उनि केही महिना अघिदेखि ज्योति विकास बैंक छोडर खाली बसेका थिए । चाटर्ड एकाउन्टेन्ट रहेका ज्ञवालीले ज्योति विकास बैंक अघि ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १०:२२