१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२१ साउन, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत साउन १६ गतेदेखि बिक्री खुला गरेको करिब ३४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीकाे आईपीओमा ४.४४ गुणा बढी आवेदन परिसकेकाे छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ३ लाख ३४ हजार २९२ जना आवेदकबाट एक अर्ब ४० करोड रूपैयाँभन्दा बढीको शेयर माग भएको हो। सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीले निष्काशन गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार ०८:३९