३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

अब क्यासिनोको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने

१५ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोको कारोबार बैंकिङ प्रणाली गर्नुपर्ने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७४ संशोधन तथा थप गर्दै क्यासिनोका लागि यस्तो व्यवस्था गरेको हो ।

उक्त संशोधित परिपत्रमा राष्ट्र बैंकले क्यासिनोको कारोबार बैंकिङ प्रणाली प्रयोग गरी सम्पादन गर्नु पर्ने उल्लेख गरेको छ । संशोधित परिपत्र अनुसार क्यासिनो खेलाडीले अमेरिकी डलर ५ हजारभन्दा बढी जितेको वा हारेको रकम भन्सार घोषणा गरी बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सोभन्दा कम रकम भने नगदै कारोबार गर्न पाइनेछ । योसँगै क्यासिनोहरुले कारोबार सञ्चालन गर्नुपूर्व राष्ट्र बैंकबाट विदेशी विनियम कारोबार सम्बन्धमा अनुमति लिनु पर्ने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १५:३३