५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

टानले यसरी मनायो ४० अाैँ वार्षिकोत्सव (भिडियोसहित)

१५ जेठ, काठमाडाैँ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले अाफ्नो ४० अाैँ वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । स्थापना दिवसको दिन टानले मंगलबार अन्तर्राष्ट्रिय इको च्यालेञ्ज समेत आयोजना गरेको छ ।

टानको स्थापना दिवस, अन्तर्राष्ट्रिय सगरमाथा दिवस र गणतन्त्र दिवस पारेर  पर्वका रुपमा अन्तराष्ट्रिय इको च्यालेञ्ज भव्यताका साथ मनाइएको टानका कोषाध्यक्ष रामकृष्ण तिमिल्सनाले दैनिकीलार्इ जानकारी दिए ।

उद्घाटनको भिडियो हेर्नुहोस्

टानका मिडिया संयोजक गोपाल श्रेष्ठले ‘प्रदूषण न्यूनीकरणको समाधान दिगो पर्यटन’ भन्ने मुख्य नाराका साथ अायोजना गरिएको कार्यक्रमको उद्घाटन  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । उनले बिहान स्वदेशी तथा विदेशीको सहभागिता रहेको कार्यक्रममा कूल आठ किलोमिटर साइक्लिङ र्याली समेत सम्पन्न भएको जानकारी दिए ।

र्याली मालीगाउँ, कमलपाेखरी, चारखाल, पुतलीसडक, सिंहदरबार, सुनधारा, न्युराेड, जमल, ज्याठा,  सञ्चयकोष भवन हुँदै नेपाल पर्यटन बोर्डमा गएर समापन गरिएको थियो ।

  

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १०:२६