१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

दोहोरो अंकले घट्याे शेयर बजार, १ अर्ब ६८ करोड बढीकाे काराेबार

१४ साउन, काठमाडाैँ । बुधबार शेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक २३.३६ अंकले घटेर एक हजार ४३१.५२ मा पुगेकाे छ । नेप्से १.६१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अंकले घटेर ३००.४९ मा पुगेको छ ।

कूल १८७ वटा कम्पनीकाे ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँको कारोबार भएकाे छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ । जसमा होटल उपसमूहको सूचक सबैभन्दा ३.६४ प्रतिशतले घटेको छ।

बुधबारको बजारमा जाेशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्सको ९.९५ प्रतिशतले, आरम्भ चौतारी लघुवित्तको ९.८ प्रतिशत, घलेम्दि हाइड्रोपावरको ९.४३ प्रतिशत, र दिव्यश्वरी हाइड्रोपावरको ८.२२ प्रतिशतले बढेको छ।

त्यसैगरी, जनउत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.४५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ७.४ प्रतिशत, मिथिला लघुवित्तको ७.२२ प्रतिशत, स्पर्श लघुवित्तको ६.०८ प्रतिशत, नेपाल सेवा लघुवित्तको ६.८१ प्रतिशत र स्वरोजगार लघुवित्तको ६.७८ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १५:२०