४ असार २०८१, मंगलवार | Tue Jun 18 2024

सुबिसुका ग्राहकहरुलाई रिफरमा बोनस अफर


१४ साउन, काठमाडाैँ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले रिफरमा बोनस अफर आफ्ना ग्राहक माझ ल्याएको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन ।

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ । साथै क्लियर टिभीको सुबिधा पनि दिँदै अाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ०९:३१