१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मूल्य निरन्तर बढ्दै, तोलामा ९८ हजार नाघ्याे

१३ साउन, काठमाडाैँ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ११:२४